मिति २०८३/०२/१० गते Hotel Manang मा आयोजित “मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम” पश्चात प्राप्त सकारात्मक प्रतिक्रियाका आधारमा उक्त कार्यक्रमप्रति देशभरका कानून व्यवसायीज्यूहरूबाट उल्लेखनीय उत्साह तथा चासो व्यक्त भएको छ। साथै, यस विषयमा सहभागी हुने र यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने अपेक्षासमेत व्यक्त भएको छ, जसले हामीलाई थप उत्साहित र प्रेरित बनाएको छ।
यसै सन्दर्भमा, सम्पूर्ण इच्छुक महानुभावहरूलाई सहभागी गराउने उद्देश्यले उक्त कार्यक्रम भर्चुअल माध्यमबाट आयोजना गरिएको छ।
देशभरिका वरिष्ठ अधिवक्ताज्यूहरू, अधिवक्ताज्यूहरू तथा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले विशेष अदालत बार एशोसिएसनले यो कार्यक्रम आयोजना गरेको छ ।