मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनसम्बन्धी भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०८३/०२/१० गते Hotel Manang मा आयोजित “मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम” पश्चात प्राप्त सकारात्मक प्रतिक्रियाका आधारमा उक्त कार्यक्रमप्रति देशभरका कानून व्यवसायीज्यूहरूबाट उल्लेखनीय उत्साह तथा चासो व्यक्त भएको छ। साथै, यस विषयमा सहभागी हुने र यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने अपेक्षासमेत व्यक्त भएको छ, जसले हामीलाई थप उत्साहित र प्रेरित बनाएको छ।

