मध्यस्थता सम्बन्धी तालिम
बिशेष अदालत बार एशोसिएशन र नेपाल मध्यस्थता परिषद् (नेप्का) को संयुक्त आयोजनामा ५ दिने मध्यस्थता सम्बन्धी तालिम को समापन सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यू को प्रमुख आतिथ्य, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेज्यू तथा बिशेष अदालतका अध्यक्ष माननीय न्यायाधीश श्री टेकनारायण कुँवरज्यू को विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
