मिति २०८३/०४/२९ गते शुक्रबार सर्वोच्च अदालतका माननिय न्यायाधीश श्री टेकप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता एवं नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्र र विशेष अदालत का अध्यक्ष मा.न्या वाशुदेव आचार्यज्यूको विशेष आतिथ्यता लगायत वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताज्यूहरू, पत्रकारज्यूहरूको समुपस्थितिमा विशेष अदालत बार एशोसिएशनको वेबसाइट सार्वजनिकरण एवं विशेष अदालत बार जर्नलको विमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।








